दोस्रो संस्करणको कर्णाली उत्सव सुरु

 फागुन २६, २०७७ बुधबार २०:१५:२४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – दोस्रो संस्करणको कर्णाली उत्सव सुरु भएको छ । वीरेन्द्रनगरको बुलबुले उद्यानमा कर्णालीलाई चिन्ने/चिनाउने र चि बुधबारदेखि ऋति फाउण्डेशनले विभिन्न सङ्घ–संस्थाको समन्वयमा कर्णालीको विविधता, भेषभुषा, भाषा, मौलिक संस्कृति, विकास, पूर्वाधारका बारेमा बहस गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको हो । 

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभ्यता, संस्कार, हिजोको समाजिक परिवेश के थियो र पुर्खाले के गरेका थिए भनेर अहिलेको नयाँ पुस्ताले भुल्दै गएकाले यस्तो खालको बहस हुन आवश्यक रहेको बताउनुभयो । कर्णालीको भाषा, संस्कृति, रीतिरिवाज र इतिहास थाहा नपाएर वर्तमानमा रमाए जीवन नै पूर्ण नहुने उहाँले तर्क गर्नुभयो । सरकारले यस्ता बहसलाई आउँदा दिनमा सरकारले पनि निरन्तरता दिने उल्लेख गर्नुभयो । 

उत्सवको पहिलो दिन बुधवार विभिन्न विषयमा बहस सुरु गरिएको छ । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्वराज खड्काले सार्वजनिक नीति निर्माणमा सार्वजनिक बहसको महत्त्वका बारेमा बोल्दै उपयुक्त नीति निर्माण गर्न सरोकारवालासँग छलफल, बहस र पैरवीको आवश्यक रहेको बताउनुभयो । उहाँले कर्णाली उत्सवले जनसमुदायका विकास निर्माणका मुद्दालाई बहसको माध्यमबाट प्रदेशको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

सुर्खेत उद्योग वाणिज्य सङ्घकी सदस्य सिया कार्कीले व्यवसायमा बहसको सुरुवात गर्दै कर्णालीमा उद्योग, व्यवसायको सम्भावना भए पनि त्यही खालको लगानी हुन नसकेको बताउनुभयो । उहाँले कर्णालीमा उद्योग क्षेत्रमा लगानी गर्न र समग्र विकासका लागि निजी क्षेत्र सधैँ तयार रहेको पनि जानकारी दिनुभयो । 

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले खुला छलफल र पत्रकारिताका बारेमा बोल्दै कर्णालीको पत्रकारिता आत्मनिर्भरमा हिँडिरहेको बताउनुभयो । पत्रकारितामा सक्रिय अभ्यास गरिरहेको र दिनहुँ यहाँको पत्रकारिता परिपक्व बन्दै गइरहेको धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले प्रेसका लागि ठोस योजना ल्याउन नसकेको पनि बताउनुभयो ।  

शनिबारसम्म सञ्चालन हुने उत्सवमा विभिन्न विधामा १४ वटा सेसन राखिएका छन् । कार्यक्रममा बिहीवार कर्णालीसँग सम्बन्धित छाउ र भाउ, बाडो, थाडो र ओटालो, आफ्नै कथा, आम्नै बान्की, कहरी शुकालो होला, कइले जाला कठै ?, हाट जान्या, भोट जान्या शीर्षकमा छलफल हुनेछन् ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया