महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा

 चैत ६, २०७७ शुक्रबार १३:५१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । केहीबेर अगाडि उहाँले पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको जानकारी दिनुभएको हो ।

संसद विघटनको मुद्दामा सर्वाेच्च अदालतले संसद् पुनर्स्थापनाकाे फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली खरेलसँग असन्तुष्ट हुनुुहुन्थ्यो । 

उहाँले आफूले बोलेका केही कुरा विवादास्पद भएको भन्दै आफूले गलत मनसायले नबोलेको प्रस्ट पार्नुभयो । रुकुम पश्चिम लगायतका कतिपय घटना वास्तविक रिपोर्टमा भएजस्तो मिडियामा नआएको र मिडियामा आएका सबै कुरा वास्तविक नभएको उहाँले बताउनुभयो । तीन वर्षको अवधिमा आफूले निक्कै महत्त्वपूर्ण काम गरेको उहाँको भनाइ छ ।

३७ महिनामा ३९ वटा भवन उद्घाटन र ११ वटा शिलान्यास गरेको खरेलले जानकारी दिनुभयो ।  पूर्व कानुनमन्त्रीसमेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ सालमा महान्यायाधिवक्ता नियुक्त गर्नुभएको  थियो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया