अमेरिकाले १ हजार ३ सय ६५ जना नेपालीलाई निष्कासन गर्ने
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – परराष्ट्रमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद प्रदीप ज्ञवालीले प्रतिनिधि सभाका सुरुका बैठकले राम्रो सङ्केत नगरेको बताउनुभएको छ । उहाँले सर्वोच्च अदालतले संसदबाट निकास खोज्न आग्रह गरे पनि प्रतिनिधि सभा पुनर्स्थापनापछि त्यसो नदेखिएको बताउनुभयो ।
पुनर्स्थापित प्रतिनिधि सभाको चौथो बैठकमा बोल्दै मन्त्री ज्ञवालीले प्रतिनिधि सभा विघटन बदर र नेकपाको दल विवाद फैसलामा सरकारले हारेको समेत बताउनुभयो । उहाँले निश्चित व्यक्ति पदमा पुगे अग्रगमन र पदमा पुग्न नपाए प्रतिगमन हुने ? भनेर प्रश्नसमेत गर्नुभएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल द्वन्द्वमुक्त, विकासशील राष्ट्रमा सिफारिस, मेलम्चीको पानी सुन्दरीजल आइपुग्नु लगायत सरकारका महत्त्वपूर्ण उपलब्धि भएको समेत दाबी गर्नुभयो ।
यस्तै प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले मेलम्ची खानेपानी आयोजनाको परिकल्पना गर्ने कृष्णप्रसाद भट्टराईको नाम नलिइएकोमा सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मेलम्ची ल्याएको भन्दै गर्व गर्ने सरकारले कृष्णप्रसाद भट्टराईको नाम नलिएकोमा आपत्ति जनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।