अमेरिकाले १ हजार ३ सय ६५ जना नेपालीलाई निष्कासन गर्ने
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी सांसद पम्फा भुसालले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भुसालले सरकारले संसद् नभएको बेला असंवैधानिक किसिमले अध्यादेश ल्याएर संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरिएको भन्दै त्याे नियुक्तिलाई पुनर्विचार गर्नुपर्ने बताउनुभएको हो ।
संसदीय सुनुवाइलाई छलेर प्राविधिक रूपमा तिथि–मिति मिलाएर नियुक्ति गरिएकाले संवैधानिक नियुक्तिलाई संविधानसम्मत बनाउनै पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पार्टीको स्थायी कमिटीमा लेखेको मसी नसुक्दै झुट तरिकाले त्यही अध्यादेशअनुसार संवैधानिक परिषदमा असंवैधानिक तरिकाले नियुक्त गरेको कुरा पनि बाहिर आयो र अहिले पनि संवैधानिक निकायमा असंवैधानिक तरिकाले नियुक्त गरेका मान्छे पठाइएको छ । अब संसद् पुनर्स्थापना भएको छ । हामी एउटा ढङ्गले त्यसको पुनर्विचार गर्नैपर्छ । हामीले त्यसलाई संविधानसम्मत बनाउनै पर्छ । संसद्को सुनुवाइ गर्ने परम्परालाई छलेर केवल टेक्निकल तिथि–मिति गरेर, ढाँटेर जुन ढङ्गले गरिएको छ । त्यो पनि म यहाँ स्मरण गराउन चाहन्छु ।’
सांसद भुसालले वर्तमान राजनीतिक प्रणालीअनुसार चुनावमा कसैको पनि दुई तिहाइ आउने सम्भावना नरहेको भए पनि प्रधानमन्त्री ओलीले दुई तिहाइ ल्याउने धाक दिएर आफ्नो लाज छोपेको बताउनुभयो । प्रतिनिधि सभाको अहिलेकाे बनावटअनुसार राजनीतिक दललाई बहुमत ल्याउन पनि गाह्रो पर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशले, हाम्रो संविधानले व्यवस्था गरेको चुनाव प्रणालीले तपाईँले सोच्नुभएको छ, तपाईँले नागरिकलाई भ्रम दिनुभाछ, कि ढाट्नु भाछ, कि आफै भ्रममा हुनुहुन्छ र मूर्खता गर्नुभाछ ? हाम्रो जस्तो चुनाव प्रणाली जहाँ ६० प्रतिशत प्रत्यक्ष छ । ४० प्रतिशत समानुपातिक छ । जहाँ समाजका सबै जाति, वर्ग, लिङ्ग, समुदाय आउनुभाछ । संविधानले व्यवस्था गरे अनुरूप हाउसको जुन बनावट छ । यस्तो चुनाव प्रणालीमा बहुमत पनि यदाकदा आउँदैन । दुई तिहाइको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुस् । मेरो अपिल छ ।’
सांसद भुसालले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने पनि बताउनुभयो । सरकारले संसद् सञ्चालनका लागि एजेण्डा नदिएको भए पनि प्रधानमन्त्री ओलीले सडकबाट संसद् सञ्चालनको सम्बन्धमा सभामुखलाई गाली गर्दै हिँडेको उहाँको भनाइ छ । देशको वर्तमान राजनीतिक समस्याको राजनीतिक दल र संसदबाटै हल खोज्नुपर्नेमा उहाँको जोड छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।