ग्रीन कफीले हप्तामा १३ किलाेसम्म ताैल घट्ने भन्दै ठगी गर्ने पक्राउ

 चैत ६, २०७७ शुक्रबार १९:२२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ग्रीन कफीले मोटोपना घटाउँछ भनी ठगी गर्ने एक विदेशी नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

शुक्रवार ब्युरोले पत्रकार सम्मेलन गरी दुवै जनालाई सार्वजनिक गरेको हो । काठमाण्डौ नयाँ बजार खुशीबु बस्ने टिम वान सप्लायर्स प्रालीका सञ्चालक ४२ वर्षीय आशिष आचार्यले ग्रीन कफी खाइ वजन घटाएको विज्ञापन बनाइ सामाजिक सञ्जालमा राखेर ठगी गरेको उजुरीका आधारमा ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो । 

विना औषधि, विना व्यायाम, विना डाइटिङ, कुनै साइड इफेक्ट विना, एक हप्तामा १३ किलाेसम्म ताैल घट्ने अचम्मकाे विधि पत्ता लगाएकाे भन्दै भ्रमपूर्ण सूचना फैलाइ बिक्री गरेर उनीहरूले ठगी गरेकाे सीआईबीले जनाएकाे छ ।

त्यसैगरी रसियाली नागरिक इगोरकुर्टसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । पत्रकार सम्मेलनमा ब्युराेका निर्देशक एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले उनीहरूले नाै सय ६० रुपैयाँको ग्रीन कफीलाई २० र ४० हजार रुपैयाँसम्ममा बिक्री गरेर ठगी गरेको बताउनुभयो । उनीहरूले कानुन बमोजिम अनुमति नलिइकन अन्य सामग्री पनि बिक्री गर्ने गरेको पाइएको छ ।

पक्राउ परेका अभियुक्तहरूको नेटवर्क भारत र रुसमा पनि भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट १२ वटा जुटको बोरामा राखिएको ६ सय ४४ किलो कफी, २५ थान ल्यापटपलगायतका सामान बरामद गरेको छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया