रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

 चैत ६, २०७७ शुक्रबार १९:४४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

यसअघि अग्निप्रसाद खरेलले महान्यायाधिवक्ताकाे पदबाट राजीनामा दिनुभएकाे थियाे । उहाँले यसलाई सामान्य रूपमा लिन आग्रह गर्नुभएकाे छ । 

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिँदै अब राजनीतिमा फर्किने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘आज चाहिँ मैले लेखिए बमोजिमको काम गरेर आएको छु । सम्माननीय प्रधानमन्त्रीलाई मैले भेटेको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु । यसो गरिरहँदाखेरी मैले प्रधानमन्त्रीसँग र मेरो सम्बन्धका बारेमा पनि अघिल्ला मिडियामा केही कुरा लेखिएका थिए । ती कुरा होइनन् । प्रधानमन्त्री र मेरो सम्बन्ध अत्यन्तै सुमधुर छ । राम्रो छ । प्रधानमन्त्रीसँग मैले छलफल नै गरेर मैले यो पदबाट तीन वर्ष पूरा गरेँ र मैले राम्रै गरेको छु भन्ने मलाई लाग्या छ ।’

उहाँले राजीनामापछि आफू राजनीतिको खुला मैदानमा प्रवेश गर्ने स्पष्ट पार्नुभयो ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया