झापामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

 चैत ८, २०७७ आइतबार ७:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापाकाे दमकमा​ शनिवार साँझ​ टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका-८ का २३ वर्षीय नीरन बस्नेत र त्यही ठाउँका २४ वर्षीय अनिष कोइराला रहेका छन् । 

पूर्वपश्चिम राजमार्गको दमक-४ को चियाबगान सडकखण्डमा प्रदेश-१-०२-००१ क १०८२ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश-१-०२-०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

टिप्परले ठक्कर दिँदा घाइते भएका बस्नेतको शनिवार साँझ बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कोइरालाको पनि उपचार गर्न लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय दमकले टिप्पर चालक दमक-४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाे जानकारी गराएकाे छ ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया