आठ महिनामै २६ अर्ब रुपैयाँको मोबाइल आयात, राउटर किन्दा बाहिरियो डेढ अर्ब

 चैत ८, २०७७ आइतबार १५:४४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो आठ महिनामा झण्डै साढे २६ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ ।

साउनदेखि फागुन महिनासम्म २६ अर्ब ३० करोड ५४ लाख हजार रुपैयाँ बराबरका मोबाइल फोन भित्रिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार आठ महिनामा ४९ लाख ९३ हजार थान मोबाइल सेट आयात भएका छन् ।

सबैभन्दा धेरै चीनबाट १६ अर्ब ४२ करोड रुपैयाँ बराबरका ४१ लाख २२ हजार सेट आयात भएका छन् । यस्तै भारतबाट आठ अर्ब ६० करोड रुपैयाँ बराबरका ६ लाख ४९ हजार सेट आयात भएका छन् ।

भियतनामबाट पनि एक अर्ब पाँच करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ । बेलायत, अमेरिका, यूएई, कतार, बहराइन, जापान, कोरियालगायतका देशबाट पनि मोबाइल आयात भएका छन् । 

गएको आर्थिक वर्ष २०७६/०७७ को पहिलो आठ महिनामा नेपालमा १४ अर्ब ३७ करोड रुपैयाँ बराबरका झण्डै ३८ हजार थान मोबाइल सेट आयात भएको थियो । यो आर्थिक वर्षमा झण्डै दोब्बरले बढेर २६ अर्ब ३० करोड रुपैयाँको मोबाइल फोन सेट आयात भएको हो ।

यस्तै आठ महिनामै राउटर खरिदका लागि नेपालबाट झण्डै डेढ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागका अनुसार पाँच लाख आठ हजार थान राउटर खरिदका लागि एक अर्ब ३३ करोड ७० लाख रुपैयाँ बाहिरिएको हो ।

यस्तै आठ महिनामा ७३ हजार पाँच सय थान स्मार्ट वाच नेपाल आयात भएको छ । यसको मूल्य १३ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै नेटवर्किङ स्विच आयातका लागि ४१ करोड रुपैयाँ बाहिरिएको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया