६३ अङ्कको वृद्धिसँगै शेयर बजारमा हरियाली, झण्डै ६ अर्ब रुपैयाँको कारोबार

 चैत ८, २०७७ आइतबार १६:९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार ६३ अङ्कभन्दा धेरैले बढेको छ । सबै समूहको शेयर उकालो लागेपछि नेप्से ६३ दशमलव ३८ अङ्कले बढेर २५ सय ३८ दशमलव ४६ विन्दुमा पुगेको हो ।

आइतबार बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, व्यापार समूहको १३, होटल तथा पर्यटनको एक सय ५३, विकास बैंकको ४७, जलविद्युतको १३, फाइनान्स समूहको ६, माइक्रो फाइनान्स समूहको दुई सय २६, उत्पादनको एक सय ७२, अन्यको ५८, जीवन बीमा समूहको शेयर सात सय ४२, निर्जीवन बीमाको पाँच सय ६१ र लगानी समूहको शेयर एक दशमलव २५ अङ्कले बढेको छ ।

आइतबार दुई सय ६ कम्पनीका एक करोड २४ लाख ३० हजार कित्ता शेयर पाँच अर्ब ९१ करोड ९८ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ३९ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

स्वरोजगार, महिला र सूर्योदय लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशत र अन्य सात वटाको नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजारमा सुधार आए पनि ग्रीन लाइफ र खानीखोला हाइड्रो कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया