इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – विदेशबाट वस्तु तथा सेवा आयात गर्दा डलर खाता नभएकाले पनि भुक्तानी गर्न पाउने नियम कार्यान्वयनमा आएको छ ।
नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै डलर खाता नभए पनि 'क' र 'ख' वर्गका बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक पाँच सय डलरसम्म विदेशमा भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वन भएको जनाएको छ । अब वाणिज्य बैंक र विकास बैंकले ग्राहकलाई पाँच सय डलर वा त्यत्ति नै रकमको परिवर्त्य विदेशी मुद्रा बराबरको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् ।
अहिलेसम्म डलर खाता हुनेले मात्रै डलरमा भुक्तानी गर्न पाएका थिए । विदेशी सेवा तथा वस्तु आयात गरेबापत थोरै रकम भुक्तानी गर्नेहरूलाई परेको समस्यालाई मध्यनजर गर्दै नयाँ व्यवस्था कार्यान्वयन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
सामाजिक सञ्जाल र अन्य अनलाइन कारोबारको रकम डलरमा भुक्तानी गर्न समस्या भएको गुनासो सम्बोधन गर्नका लागि यो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि अनलाइनमार्फत सानोतिनो कारोबार गर्नेलाई सुविधा हुनेछ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै वार्षिक पाँच सय डलरसम्म भुक्तानी गर्न सकिने जनाएको थियो । तर अनलाइनमार्फत विदेशबाट सेवा आयात गरेबापतको भुक्तानी गर्ने प्रयोजनको लागि बैंक तथा प्रिपेड कार्ड प्रयोगकर्ताले विभिन्न ११ वटा प्रक्रिया तथा सर्त भने पालना गर्नुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।