जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना आजदेखि सुरु हुँदैछ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने नेपालका विभिन्न निकुञ्जमा ६ वर्षपछि गणना हुन लागेको हो ।
पछिल्ला वर्ष चोरी सिकार नियन्त्रणमा आए पनि अन्य कारणले गैंडा मर्ने समस्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ मा चोरी सिकारबाट गैंडा मर्ने संख्या शून्य थियो । तर अन्य कारणले ४३ वटा गैंडा मरेका चितवन निकुञ्ज कार्यालयले जनाएको छ ।
सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए । त्यसबेला चितवन निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा पाइएको थियो । गणनापछि चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा गरेर १ सय ६१ गैंडा मरेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । यसमध्ये चोरी सिकारीबाट जम्मा ६ वटा गैंडा मरेका छन् । १ सय ५५ वटा बूढो भएर र प्राकृतिक कालगतिसँगै केही दुर्घटनामा परेर मरेका हुन् ।
पाँच/पाँच वर्षमा गैंडा गणना गर्ने सरकारको नीति भए पनि अघिल्लो वर्ष कोरोनाका कारण गणना हुन सकेन । गैंडा विश्वबाट लोप हुने खतरामा पुगेको दुर्लभ वन्यजन्तु हो । गैंडा मारेमा, यसको अङ्गको किनबेच वा ओसारपसार गरेमा १५ वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।