च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
रसुवा – रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयातमा वृद्धि भएको छ । कोभिड–१९ का कारण एक वर्षसम्म चिनियाँ खाद्य सामग्रीको आयात नभएकोमा अहिले धमाधम आउन थालेको छ । गएको भदौ महिनादेखि खाद्य सामग्रीको आयातले निरन्तरता पाएको थियाे ।
गएको पुस मसान्तसम्म न्यून सामग्री आयात भएकोमा पछिल्लो समय आयातमा वृद्धि हुँदै गएको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताउनुभयो ।
‘रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात भइरहेको छ’, उहाँले भन्नुभयो, ‘आएका सामग्री सबै मापदण्ड अनुसारको नै छ ।’
चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै १ सय २३ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ । गएको साउनदेखि हालसम्म १ सय २३ टन खाद्य सामग्री आयात भएको हो । कार्यालयका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ ।
तथ्यांक अनुसार फूल तथा सागपात २६ टन, खाद्यान्न दलहन तथा अन्य ४५ टन, मसलाजन्य ३ दशमलव ४ टन, दूधजन्य ६ दशमलव ८, मासुजन्य ३ दशलव ४, चियाजन्य ५ दशमलव ९, कन्फेन्सनरी शून्य दशमलव १ टन र अन्य सामग्री ३२ टन आयात भएको हो ।
चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, आदि सामग्रीको आयात भएको कार्यालयले जनाएको छ ।
आयात भएका सबै खाद्य सामग्री नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको छ । कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । ‘यो भन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउथे’, उहाँले भन्नुभयो, ‘अहिले मापदण्ड पूरा भएका सामग्री मात्र आएका छन् ।’
कार्यालयले गएको साउनदेखि हालसम्म ५५ वटा सामग्रीको नमुना परीक्षण गरेको छ । कार्यालयको तथ्यांक अनुसार भदौमा १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७ र चैत १ गतेदेखि हालसम्म ३५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको थियो । गएको माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो । त्यसपछि २०७७ साउन मसान्तसम्म कार्यालयले कुनै नमुना आएको थिएन ।
खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि गत आर्थिक वर्षमा केही महिना परीक्षण हुन नसकेको हो । रसुवागढी नाकाबाट पछिल्लो डेड वर्षदेखि नेपाली सामग्री निर्यात भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।