धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीका चार नेतालाई १० बुँदे स्पष्टीकरण पत्र पठाएको छ ।
शनिवारको केन्द्रीय कमिटीको निर्देशनअनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई घरमै पुगेर स्पष्टीकरण पत्र दिइएको र तीन दिनभित्र पार्टी कार्यालयमा आइपुग्ने गरी जवाफ पेस गर्न भनिएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।
स्पष्टीकरण पत्रमा प्रधानमन्त्री ओलीलाई प्रचण्डसँग मिलेर १९ पृष्ठ लामो शत्रुतापूर्ण र अराजक आरोप लगाएको र प्रचण्डको मतियार बनेर किन पार्टीविरुद्ध लागेको भनेर सोधिएको छ ।
यस्तै सडक तथा अनधिकृत स्थलमा बसेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय किन गरेको, पार्टी विधान विपरीत किन पटक–पटक निवेदन पेस गरेको, पार्टीको निर्देशन विपरीत चैत ४ र ५ गते किन गुटको राष्ट्रिय भेला राखेको भनेर पनि सोधिएको छ ।
यस्तै ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारको विरुद्धमा सडकबाट र सञ्चारमाध्यमबाट किन आवाज उठाएको, आफ्नै पार्टीका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाएर अरू दलका नेतालाई प्रधानमन्त्री बनाउन षड्यन्त्र गर्नुको कारण के हो र यस्ता गतिविधि गर्ने तपाईँलाई कारबाही किन नगर्नेलगायतका स्पष्टीकरण सोधिएको छ ।
तीन दिनभित्र स्पष्टीकरणसहित लिखित जवाफ पेस नगरेमा पार्टीको विधानअनुसार कारबाही हुने पनि पत्रमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।