च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – सरकारले विलासी गाडीको आयातमा लगाएको बन्देज हटाएको छ । मङ्गलवार राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले गएको वर्षको चैत १६ गतेदेखि लगाएको बन्देज हटाउँदै ५० हजार डलरभन्दा महँगा गाडीको आयात खुला गरेको हो ।
गएको वर्षको चैत १६ गतेदेखि सरकारले ५० हजार डलरभन्दा महँगा गाडी आयातमा रोक लगाएको थियो ।
यस्तै सरकारले मरिच, केराउ, छोकडा र सुपारी आयातमा लगाइएको बन्देज हटाएर कोटा निर्धारण गरेको छ । अब वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार टन सुपारी, पाँच हजार मेट्रिक टन छोकडा र १५ हजार टन नधुल्याएको मरिच आयात गर्न पाइनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।