नेप्से साढे १४ अङ्कले बढ्यो, चन्द्रागिरि हिल्सको शेयर प्रतिकित्ता १७ सय रुपैयाँभन्दा माथि

 चैत १०, २०७७ मंगलबार १६:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार साढे १४ अङ्कले बढेको छ । नेप्से १४ दशमलव ५७ अङ्कले बढेर २५ सय २८ दशमलव ९५ विन्दुमा पुगेको हो ।

मङ्गलवार व्यापार समूहको शेयर तीन सय ४६ अङ्कले, होटल तथा पर्यटन समूहको एक सय ५५ अङ्कले, जलविद्युत् समूहको शेयर एक सय २९ अङ्कले, निर्जीवन बीमा समूहको एक सय ७६ र माइक्रो फाइनान्स समूहको शेयर ६९ अङ्कले बढेको छ । बैंक, विकास बैंक, फाइनान्स, होटल, उत्पादन, जीवन बीमा र अन्य समूहको शेयर भने घटेको छ ।

दुई सय आठ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब १४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै निफ्राको ५२ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

मङ्गलवार साल्ट ट्रेडिङ र चन्द्रागिरि हिल्ससहित आठ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । चन्द्रागिरि हिल्सको शेयर प्रतिकित्ता १७ सय १९ रुपैयाँ पुगेको छ । समग्र बजार बढे पनि पञ्चकन्यामाई जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया