धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण, ट्रफीमा कालापत्थरको ढुङ्...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – ट्विटरका सीईओ ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको डिजिटल भर्जन २.९ मिलियन डलर अर्थात् ३३ करोड ६० लाख रुपैयाँमा बेचेको बीबीसीले जनाएको छ ।
डोर्सीले दुई हप्ता पहिले आफ्नो ट्विटर पोस्टको लिलामी बिक्रीको घोषणा गर्नुभएकाे थियाे । डोर्सीले सन् २००६ मा पहिलोपटक ट्वीट गर्नुभएको थियो । जसमा लेखिएकाे थियाे, ‘म आफ्नो ट्विटरको सुरुवात गरिरहेको छु ।’
भ्याल्युएबल बाइ सेन्टका अनुसार यो ट्वीटलाई ब्रिज ओरेकलका सीईओ सिना एस्टेवीले किनेका छन् । भ्याल्युएबल बाइ सेन्ट एक डिजिटल प्लेटफर्म हो जहाँ ट्वीटको लिलामी हुने गर्छ । केही समय पछि माेनालिसाकाे चित्र जस्तै मानिसहरुकाे यस ट्वीटकाे पनि महत्व बुझ्ने एस्टेवीले बताउनुभएकाे छ ।
This is not just a tweet!
— Estavi (@sinaEstavi) March 22, 2021
I think years later people will realize the true value of this tweet, like the Mona Lisa painting https://t.co/vnA5pz3esQ
१५ वर्ष पुरानो ट्वीटलाई एनएफटी अर्थात् नन फन्जिबल टोकनको रुपमा बिक्री गरिएको छ । एनएफजी कुनै पनि चिजको गुणस्तरीयताका आधारमा दिइने डिजिटल प्रमाणपत्र हो । डोर्सीले ट्वीट लिलामी मार्फतको रकम बिटक्वाइनमा प्राप्त गर्नुभएकाे छ ।
यस्तै ट्वीट बिक्रीबाट प्राप्त रकम एक परोपकारी संस्था ‘गिभ डाइरेक्ट्ली’लाई दान दिइएको छ । यस संस्थाले कोरोना भाइरसका कारण आर्थिक समस्या झेलिरहेका अफ्रिकी परिवारलाई सहयोग गर्दै आएको छ ।
Ending this March 21st
— jack (@jack) March 9, 2021
Will immediately convert proceeds to #Bitcoin
And send to @GiveDirectly Africa Response
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।