भोलि हुने उपचुनावको तयारी अन्तिम चरणमा
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – ग्लोबल आईएमई बैंक लिमिटेडले बाजुरा जिल्लामा पनि आफ्नाे शाखा विस्तार गरेको छ । बडीमालिका नगरपालिका –८, मार्तडीमा हिजो मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६ औं जिल्लामा पुगेको आईएमईले जनाएको छ ।
ग्लोबल आईएमई बैंकले देशभर तथा विदेशमा गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा दुई सय ७० शाखा सञ्चालनमा ल्याइसकेको छ । यस्तै दुई सय ४२ एटीएम, दुई सय ५६ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै २२ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको आईएमईले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।