आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ । जमिन भिज्ने गरी पानी नपरेको र आगलागीका घटना लगायत कारणले वायु प्रदूषण बढेको मौसमविद्ले बताएका छन् ।
वातावरण विभागले पनि काठमाण्डाै, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनर, सिमरा, जनकपुर, धनगढीलगायतका क्षेत्रमा वायु प्रदूषण बढेको देखाएको छ । प्रि मनसुनको समय सुरु भइसक्दा समेत जमिन भिज्ने गरी पानी नरपेरकाले प्रदूषण बढ्दै गएको मौसमविद् शान्ति कडेलले बताउनुभयो । उहाँका अनुसार वायुमण्डलमा धुलोका कणहरु जम्मा भएका छन् । तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरी पानी पर्ने वा त्यसलाई बढार्ने गरी हावा चल्ने सम्भावना नदेखिएकाले प्रदूषण अझै बढ्न सक्ने उहाँकाे भनाइ छ ।
देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि पानी पार्ने प्रणाली नआउँदा जमिन भिज्ने गरी पानी पर्न सकेको छैन । यसले गर्दा प्रदुषण बढ्दै गएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स एक्यूआईमा मापन गरिन्छ । एक्यूआई ५० सम्म हुनु राम्रो हो तर ५० देखि एक सय सम्मलाई मोडरेट मानिन्छ । एक्यूआई तीन सय पुग्नु जोखिमपूर्ण र तीन सयभन्दा माथि पुग्नुलाई घातक मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।