अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्नेमा एनएमबी पहिलो बैंक

 चैत १२, २०७७ बिहीबार १३:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्नेमा एनएमबी पहिलो बैंक भएको छ ।

यस प्रावधान अनुसार अब एकै पटक वा पटक-पटक गरी वार्षिक यूएस डलर ५०० सम्म वा त्यस बराबर अन्य परिपत्र विदेशी मुद्राको प्रिपेड कार्ड मार्फत अनलाइन कारोबार गर्न सकिने भएकाे छ। 

अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित खाता खोली विदेशबाट पाइने सुविधाहरु जस्तै अनलाइन प्रवाह हुने सेवाहरु (भारतमा बाहेक) जस्तै नेटफ्लिक्स, सपिङ्ग, शिक्षालगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायलाई आफैँले भुक्तान गरी तत्कालै प्रवर्द्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकको देशभरिका १८० शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरिका १३६ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।   

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया