एक्साइड ब्याटमोबाइल सर्भिसको लाभ उठाउँदै ग्राहक

 चैत १२, २०७७ बिहीबार २०:२५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा सन् २००० देखि सिप्रदी ट्रेडिङ प्रालीले बिक्री गर्दै आएकाे एक्साइड ब्याट्री अहिले नेपालको लोकप्रिय ब्याट्री बन्न सफल भएको छ । आफ्नो लोकप्रियतालाई निरन्तरता र ग्राहकलाई सहजता दिने उद्देश्यका साथ एक्साइड ब्याट्री नेपालले आफ्नो सेवा तथा सञ्जाल फैलाउँदै गइरहेको छ । बिक्रीपछिकाे सेवा ग्राहकहरुले पाउनुपर्छ भनेर कम्पनीले सन् २००६ देखि ब्याटमोबाइल सर्भिस सञ्चालनमा ल्याएको थियो ।  

एक्साइड ब्याट मोबाइल सर्भिसअन्तर्गत ग्राहककाे चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीको ब्याट्रीमा समस्या आएर कम्पनीमा जानकारी गराएको खण्डमा कम्पनीका प्रतिनिधि ग्राहकको ठाउँमा गएर निःशुल्क ब्याट्री जाँच गरिन्छ ।

कम्पनीका अनुसार गाडी स्टार्ट गरिरहनुपर्ने, चलाउँदा चलाउँदै गाडी रोकिने, आवश्यक ठाउँमा गाडीको बत्ती नबल्ने जस्ता समस्या भए जानकारी आएको खण्डमा ग्राहककाेमा गएर निःशुल्क ब्याट्री जाँच गरिन्छ । कम्पनीबाट गएका प्रतिनिधिले अत्याधुनिक प्रविधियुक्त मेशिनबाट ब्याट्री जाँच गरी ब्याट्री बिग्रिएको, चार्ज गर्नुपर्ने अवस्था रहेको वा के गर्नुपर्ने हो तुरुन्त स्थिति प्रिन्ट आउट गरी ग्राहकलाई दिन्छन् ।

काठमाण्डाैकाे रिङरोडमा ब्याट्री स्टार्ट नभएर गाडीलाई अफरोड हुनु नपरोस् भन्ने लक्ष्यका साथ सुरु गरिएकाे ब्याटमोबाइल सर्भिस गाडीमा ब्याट्रीका कारण आएको समस्या समाधान गर्ने कुरामा केन्द्रित थियो । तर यो सेवा सजिलाे भइरहेकाे ग्राहककाे प्रतिक्रिया आउन थालेपछि याे सेवा अहिले काठमाण्डाैभरि उपलब्ध रहेकाे अन्य ठाउँमा पनि सुरु हुने कम्पनीले जनाएकाे छ । 

सुरुवाती चरणमा मोबाइल भ्यानमार्फत सुरु भएको यो सेवा अहिले ग्राहकलाई छिटो छरितो होस् भनेर स्कुटरमार्फत पनि सेवा सञ्चालन भइरहेको छ । अहिलेसम्म ३१,६ सय भन्दा धेरै एक्साइड ब्याट्री र नन् एक्साइड ब्याट्रीका ग्राहकले यसको फाइदा उठाइसकेकाे सिप्रदीले जनाएकाे छ ।      

आइतवारदेखि शुक्रवारसम्म बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म र शनिवारलगायत सार्वजनिक विदाकाे दिनमा बिहान ९ः३० बजेदेखि बेलुकी ५ः३० सम्म सञ्चालन हुने एक्साइड ब्याटमोबाइल सर्भिसकाे फाइदा उठाउन कम्पनीकाे टोल फ्री नम्बर १६६००१५५७७७ र हट लाइन नम्बर ४२४४४७५ मा फोन गर्न सकिन्छ ।   

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया