चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – हप्ताको अन्तिम दिन आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ८६ हजार तीन सय रुपैयाँमा झरेको हो ।
समग्रमा भने यो हप्ता सुनको भाउ ९ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ शुक्रबार आज ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । आइतबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार दुई सय रुपैयाँले घटेको थियो । मंगलबार फेरि तोलामा तीन सय रुपैयाँले घटेर सुनको भाउ ८६ हजार सात सय रुपैयाँमा झरेको थियो ।
यो भाउमा बुधबार कुनै घटबढ भएन । तर हिजो भने तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा पुगेको थियो । यो भाउमा फेरि आज ६ सय रुपैयाँले घटेको हो । यस्तै यो हप्ता चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलाको १२ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज अन्तिम दिन १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।