बंगलादेशमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको विरोध

 चैत १४, २०७७ शनिबार ८:३४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बंगलादेशमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध भएको छ ।

मोदीको भ्रमणको विरोधमा बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा चार जनाको ज्यान गएको छ । झडपमा धेरै पत्रकारहरू घाइते भएका छन् ।

बंगलादेशको चटगांवमा पुलिस र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार चार जना घाइतेलाई अस्पताल लगिएको र उनीहरूको अस्पतालमै ज्यान गएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेशको दुई दिने भ्रमणका लागि हिजो ढाका जानुभएको थियो ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुनुभन्दा पहिले प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा ढाकामा विरोध प्रदर्शन भएको थियो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया