बङ्गलादेशसँग बराबरी खेल्दै नेपाल त्रिदेशीय फुटबलको फाइनलमा

 चैत १४, २०७७ शनिबार १९:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बङ्गलादेशसँग गोलरहित बराबरीमा रोकिए पनि नेपाल किर्गिस्तानलाई पछि पार्दै फाइनलमा पुगेको हो ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपालले गोल गर्ने थुप्रै मौका पाए पनि सदुपयोग गर्न सकेन । खेल अवधिभर नेपालले बङ्गलादेशलाई दबाबमा राख्दै पटक-पटक पोष्टमा प्रहार गरे पनि गोल गर्न भने असफल रह्यो । यसअघि बङ्गलादेशसँग हारेको र नेपालसँग बराबरी खेलेको किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल १६ गते सोमवार हुनेछ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया