किर्गिस्तानकाे यू–२३ टाेलीसँग बराबरीमा राेकियाे आर्मी

 चैत १५, २०७७ आइतबार १९:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन आर्मी फुटबल क्लब किर्गिस्तानको यू–२३ टोलीसँगकाे मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्बलले प्रतिस्पर्धात्मक खेल खेले पनि गोल गर्न सकेन । खेल अवधिभर दुवै टोलीले राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न चुके ।

घरेलु दर्शकको साथ पाएको आर्मी क्लबले सुरुवातबाट नै आक्रामक खेल खेलेको थियो । खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर प्रियादकिन आर्तिमले उत्कृष्ट बचाउ गर्दा आर्मीले अग्रता लिने मौका गुमेको थियो । त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत पहिलो खेल बङ्गलादेशसँग हारेको किर्गिस्तानले आर्मीविरुद्ध सुधारिएको खेल देखाएको थियो । २६ औँ मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किँदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो ।

४७ औँ मिनेटमा विवेक बस्नेतले पेनाल्टी क्षेत्रबाहिर पाएको अवसर सदुपयोग गर्न सकनेन् । अनमार्क रहेका उनको प्रहार गोल पोस्ट माथिबाट बाहिरिएको थियो । खेलको ७३ औँ मिनेटमा पेनाल्टी भित्रबाट नवयुग श्रेष्ठको प्रहार फितलो भएको थियो । ८५ औँ मिनेटमा किर्गिस्तानले गोलका लागि अवसर सिर्जना गरे पनि अग्रतपङ्क्तिले सदुपयोग गर्न सकेनन् ।

एएफसी कप–२०२१ अन्तर्गत आर्मीले प्ले अफमा श्रीलङ्का पुलिससँग चैत २५ गते प्रतिस्पर्धा गर्दैछ । अनुभव बटुल्नका लागि भएको मैत्रिपूर्ण खेलमा आर्मी नियमित स्ट्राइकर भरत खवास र गोलकिपर विकेश कुथु विना मैदान उत्रिएको थियो ।

पहिलो खेलमा श्रीलङ्काको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेङ्गलुरु फुटबल क्लबसँग खेल्नेछ । आर्मीले भारतको टोलीसँग वैशाख १ गते खेल्नेछ । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्न लागेको हो । शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन हुने टोलीले मौका पाउने भए पनि मच्छिन्द्रको लाइसेन्स नहुँदा आर्मीले प्ले–अफको मौका पाएको हो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया