नेप्से झण्डै ६ अङ्कले घट्यो, चन्द्रागिरिको शेयरमा गिरावट

 चैत १६, २०७७ सोमबार १५:१४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार झण्डै ६ अङ्कले घटेको छ । फाइनान्स, माइक्रो फाइनान्स र जलविद्युत बाहेक सबै समूहको शेयर घटेपछि नेप्से पाँच दशमलव ४५ अङ्कले घटेर २५ सय ४३ दशमलव ५२ विन्दुमा झरेको छ ।

साेमवार बैंकिङ समूहको शेयर झण्डै सात अङ्कले, व्यापार समूहको शेयर दुई सय १२ अङ्कले, होटल तथा पर्यटनको एक सय ४४ अङ्कले, जीवन बीमा समूहका शेयर ३० अङ्कले, निर्जीवन बीमा समूहको शेयर २१ अङ्कले,  उत्पादनको २० र अन्य समूहको शेयर १९ अङ्कले घटेको छ ।

साेमवार दुई सय नौ कम्पनीका ९१ लाख ३८ हजार कित्ता शेयर चार अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएका छन् । निफ्राको ४४ करोड, माथिल्लो तामाकोशीको ३८ करोड र चन्द्रागिरि हिल्स लिमिटेडको ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

चन्द्रागिरि हिल्सको शेयर साेमवार घटेको छ । चन्द्रागिरिको शेयर साेमवार सबैभन्दा धेरै सात प्रतिशतले घटेर प्रतिकित्ता १९ सय ३० रुपैयाँमा झरेको छ । समग्र बजार घटे पनि उन्नति सहकार्य र महिला लघुवित्त तथा अजोड इन्स्योरेन्सको शेयर झण्डै १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया