नेपाल र रावललाई ओलीकाे चेतावनी : ‘नसच्चिए थप कारबाहीका लागि तयार रहनू’

 चैत १६, २०७७ सोमबार १७:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निलम्बन गरेको छ । पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाउनुभएको छ ।

यसअघि केन्द्रीय समितिको बैठकले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले दुवै नेतालाई पार्टीबाट निलम्बन गर्नुभएको हो । स्पष्टीकरणमा सोधिएअनुसार भुल सुधार नगरेको, अहङ्कार देखाएको, गुट भेला गरेको, पार्टीको कुभलो चिताउनेसँग साँठगाँठ गरेको र उल्टै नेतृत्वलाई स्पष्टीकरण सोध्ने अनधिकृत र हास्यास्पद काम गरेको आरोपसहितको पत्र ओलीले नेपाललाई पठाउनुभएको छ ।

ओलीले पठाएको कारबाही पत्रमा माधव नेपाल र भीम रावललाई यो सच्चिने अन्तिम मौका भएकाले पार्टी र नेतृत्वविरुद्ध गतिविधि गर्न छाडेमा कारबाहीको अवधि घटाउन सकिने पनि उल्लेख छ । 

माधव कुमार नेपाललाई पठाइएको पत्रमा भनिएको छ, ‘यस्तै गतिविधि बाँकी रहेमा तपाईँ जुनसुकै बेला थप कडा कारबाही गर्नेतर्फ सचेत गराउँदै यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्कने मौका दिन एकैपटक कडा कारबाही गर्नु भन्दा पनि अहिलेलाई पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी तथा पार्टी सदस्यताबाटै अहिलेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।’  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया