जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
चितवन - चितवनको सौराहामा वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ ।
वायुको गुणस्तरको सूचकाङ्क एक्यूआईका अनुसार सौराहामा एक्यूआई ३ सयभन्दा बढी छ । यस्तै, काठमाण्डौ उपत्यकासहित अन्य केही सहरमा प्रदूषणको मात्रा खराब अवस्थामा रहेको छ ।
उपत्यकाका रत्नपार्क, भैँसीपाटी, कीर्तिपुर, भक्तपुर तथा हेटौँडा र धनगढीलगायत सहरमा प्रदूषण खराब अवस्थामा छ । यी सहरमा एक्यूआई २ सयभन्दा बढी देखिएको छ ।
वातावरण विभागले ६ वटा रंगमा विभाजन गरेर प्रदूषणको अवस्थाबारे जानकारी गराउने गरेको छ । हरियो, पहेँलो, सुन्तला रंग तथा रातो, बैजनी र कलेजी रंगले प्रदूषणको मात्रा कुन अवस्थामा छ भन्नेबारे देखाउँछ ।
कलेजी रंगले सबैभन्दा खतरनाक अवस्थालाई जनाउँछ भने बैजनी रंगले धेरै खराब वा धेरै अस्वस्थकर भनेर जनाउँछ । यस्तै, रातो रंगले अस्वस्थकर, सुन्तला रंगले संवेदनशील समूहका लागि अस्वस्थकर तथा पहेँलो रंगले मध्यम र हरियो रंगले वातावरण सफा भन्ने बुझाउँछ ।
वातावरण विभागले केही ठाउँमा सामान्य सुधार देखिए पनि तीव्र गतिमा हावा नचलेको र पानी नपरेका कारण अझै तीन दिनसम्म जोखिमको अवस्था रहेको जनाएको छ । आउँदो तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने र तुवाँलो कायमै रहने विभागले जनाएको छ ।
आज दिउँसोपछि हिजो अस्तिको तुलनामा हावाको गति केही बढ्ने सम्भावना रहेकाले आंशिक सुधार हुने सक्ने मौसमविद्को अनुमान छ । तर, वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले अझै केही दिनको मौसम यस्तै रहने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
प्रदूषणका कणहरु छरिन नपाइ वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो । यस्तै विभिन्न ठाउँमा लागिरहेको डढेलोबाट धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गइ असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीले बताउनुभएको छ ।
तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या हुने भएकाले विशेष काम परे मात्रै घरबाहिर निस्कन र निस्कनु परेमा मास्क लगाउन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।