पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए

 चैत १७, २०७७ मंगलबार ९:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । 

त्रिदेशीय कप फुटबलको फाइनलमा बङ्गलादेशविरुद्ध खेल्दै विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

नेपालका लागि समर्थकमाझ अन्तिम खेल खेल्दा गर्व लागेको र यो क्षण आफूले कहिल्यै बिर्सन नसक्ने उनले बताए । विराजले सन् २००८ मा पोखरा रंगशालामा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

त्यसयता उनले १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा १ गोल गरेका छन् । उनलाई गार्ड अफ अनर प्रदान गरिएको छ भने प्रधानमन्त्री ओलीले मायाको चिनो दिनुभएको छ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया