जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ ।
नकुहिने फोहोरलाई भने सङ्कलन गर्ने गाडी आएपछि मात्र पठाउन महानगरपालिकाले आग्रह गरेको छ । फोहोर व्यवस्थापन गर्ने क्षेत्र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै महानगरपालिकाले कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको हो ।
महानगरपालिकाले सोमवार विज्ञप्ति निकालेर ल्याण्डफिल्ड साइटका स्थानीय बासिन्दालाई पनि फोहोरको व्यवस्थापनका लागि सहयोग गरिदिन आग्रह गरिएको छ । स्थानीय बासिन्दाले विभिन्न माग राखेर गएको १३ गतेदेखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् ।
उनीहरुले स्वास्थ्य सुरक्षा लगायतका माग राखेका छन् । ल्याण्डफिल्ड साइटमा फोहोर लैजान सक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहोर वर्गीकरण गर्न महानगरपालिकाले अनुरोध गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।