धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक, बुद्धिजीवी र सञ्चारमाध्यमको भूमिकालाई लिएर चर्को विरोध गर्नुभएको छ । रिपोर्ट्स क्लबको वार्षिकोत्सव कार्यक्रममा उहाँले देशका सबै ठाउँमा सडक पुगेको, शिक्षा ,स्वास्थ्य खानेपानीलगायतका सुविधा पुगेको र नागरिक सुखी हुँदै गएको तर सञ्चारमाध्यम र बुद्धिजीवीले सरकारका काम देखी नसहेको आरोप लगाउनुभयो ।
नेपालमा केही प्राध्यापक, बुद्धिजीवी, नागरिक अगुवा र सञ्चारमाध्यमले राष्ट्रिय एकता बिगार्ने र देश समृद्ध बनाउने अभियानको विरोध गरेको भन्दै ओलीले निकै आलोचना गर्नुभयो । अहिले एकथरीले देश सङ्कटमा परेको बताइरहेको तर देशलाई आफूले सङ्कटमा पर्न नदिएको भन्दै ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई बाहेक अरू कसैलाई पनि सङ्कट नपरेको बताउनुभयो ।
प्रचण्डसँग आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति भए पनि प्रचण्डले कार्यकारी अध्यक्ष मागेको र आधा समय प्रधानमन्त्री नबन्ने बताएपछि आफूले नछाडेको ओलीको दाबी छ । माधवकुमार नेपाललाई पदको लोभी भएकाे आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सडकबाट आफूलाई निकालेर केटाकेटी खेल खेलेको र अहिले त्यसको परिणाम देखिएको बताउनुभयो ।
‘मलाई सधैँ प्रधानमन्त्रीमै बस्नु छैन तर एकाध व्यक्तिलाई पदमा बस्ने हतारो र स्वार्थका लागि पद छाड्दिनँ, उनीहरूको व्यक्तिगत स्वार्थको भूमरीमा देशलाई पार्न दिन्नँ’, ओलीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।