धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
माेरङ – प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् । मङ्गलवार बेलुका नेपाल पक्षका १६ जना सांसदले प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् ।
‘फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई खारेज गरी नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा पुनस्र्थापना गराइदिएपछि नयाँ राजनीतिक परिस्थिति निर्माण भएकाले अविश्वास प्रस्ताव समर्थन फिर्ता लिएका छौँ’, पत्रमा भनिएको छ ।
यसअघि गएकाे पुस १२ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थियाे ।
९३ सदस्य रहेकाे प्रदेश सभामा सरकार बनाउन ४६ सांसद भए पुग्छ र सभामा एमालेकाे ५१ सांसद रहेकाे हुँदा मुख्यमन्त्री शेरधन राईकाे पद जाेगिने भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।