वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलको पद जोगियो : खनाल–नेपाल समूहका सांसदद्वारा अविश्वास प्रस्तावबाट नाम फिर्ता

 चैत १८, २०७७ बुधबार ९:४५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका खनाल–नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् ।

खनाल–नेपाल पक्षका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताउनुभयो । यसअघि एमालेको खनाल–नेपाल समूहका २२ सांसद र माओवादी केन्द्रका २३ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध गएको पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

माओवादी र एमालेका खनाल–नेपाल समूहका सांसदले मुख्यमन्त्रीका रूपमा नेत्री अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको थियो । वाग्मतीमा ५७ सांसद रहेको एमालेको एकल बहुमत छ । वाग्मतीमा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ ।
 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया