प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धकाे अविश्वासको प्रस्ताव पनि फिर्ता

 चैत १८, २०७७ बुधबार १३:४६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेको खनाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेकपाको खनाल– नेपाल समूहका १६ जना सांसदले सामूहिक रुपमा नाम फिर्ता लिएका हुन् । प्रदेश १ का प्रस्तावित मुख्यमन्त्रीसमेत रहेका भीम आचार्यसहित १६ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको  प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो ।

मुख्यमन्त्री राईविरुद्ध तत्कालिन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धकाे अविश्वासकाे प्रस्ताव पनि फिर्ता लिइएकाे छ । अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गरेका खनाल – नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् । खनाल–नेपाल पक्षका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया