धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि आफूमाथि सुरक्षा खतरा छ भनी सार्वजनिक अभिव्यक्ति दिनुभएको सन्दर्भमा उहाँको सुरक्षा व्यवस्था कस्तो छ भन्नेबारे सदनलाई जानकारी गराउन माग गर्नुभएकाे छ ।
प्रतिनिधि सभाकाे बुधवारकाे बैठककाे शून्य समयमा बाेल्दै सांसद बडुले भन्नुभयाे, ‘प्रधानमन्त्री ओलीले केही समयअघि आफमाथि गम्भीर सुरक्षा खतरा रहेको जुनसुकै बेला आफूमाथि भौतिक आक्रमण हुन सक्ने खालकाे सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । यसमा यथार्थ के हो ? उहाँको सुरक्षामा गृह मन्त्रालयले थप व्यवस्था के गरेको छ ?’
सांसद बडुले प्रधानमन्त्री ओली संसद् चलिरहँदा पनि संसदमा नदेखिनुकाे कारण उहाँमाथि सुरक्षाकाे खतरा वा नैतिक खतरा के हाे ? भनी प्रश्नसमेत गर्नुभएकाे छ ।
बुधवारकाे बैठकमा पुनर्स्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो भनी सांसदहरूले प्रश्नसमेत गरेका छन् । उनीहरूले संसद्लाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकार समक्ष माग गरेका छन् ।
बैठकको शून्य समयमा बोल्दै सांसद टेकबहादुर बस्नेतले संसद्लाई कहिलेसम्म सरकारले बिजनेसविहीन बनाउने हो भनी प्रश्न गर्नुभयो । सांसद डा. डिला सङ्ग्रौला पन्तले कामविहीन भएर विदेशबाट फर्किएका नेपाली श्रमिकको पुनर्स्थापनका लागि सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो । उहाँले ईपीएस कोटाबाट दक्षिण कोरिया जान भाषा परीक्षा पास गरेका झण्डै १० हजार युवा जान नपाएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।
सांसद बलबहादुर रानाले विकास बजेट प्राथमिकताका आधारमा प्रभावकारी बनाइनुपर्ने बताउनुभयो ।
बैठकमा सांसद दिव्यमणि राजभण्डारीले कोभिड–१९ को जोखिम नियन्त्रण प्रभावकारी व्यवस्थापनका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद पूर्णकुमारी सुवेदीले शान्ति सम्झौता अनुरूप बेपत्ता पारिएका नागरिकको खोजीका लागि तदारुकता देखाउन सरकारसँग माग गर्नुभयो । सांसदद्वय बालकृष्ण खाँण र प्रकाश रसाइली ‘स्नेही’ ले बागलुङमा केही दिनअघि मात्रै कांग्रेस कार्यकर्तामाथि भएको घटनाको निन्दा गर्दै घटनाका दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो ।
शून्य समयमा बोल्दै सांसदहरु देवेन्द्र कँडेल, दिलकुमारी, देवप्रसाद तिमिल्सिना, नवराज सिलवाल, नारायणप्रसाद खतिवडालगायतले समसामयिक विषयमा सभामुखमार्फत संसद् र सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।