धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताउनुभयो । अबको एक हप्ताभित्र सबै विषय टुङ्गिनुपर्ने उहाँको मत छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले आ–आफ्नो निर्णय तुरुन्तै गर्नुपर्ने पनि थापाले बताउनुभयो ।
बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले भन्नुभयो, ‘हामीले पनि लामो समयसम्म संसद् र देशलाई अलमलमा राख्नुहुन्न । माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ । जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस् । हामीलाई गर्ने भए गर्ने भनोस् । हामीले पनि माओवादी र जसपासँग निर्णायक वार्ता गरेर समर्थन लिन सक्छौँ, हामीले समर्थन लिएर सरकार बनाउने भनौँ । अब सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौँ । हामी अहिले जसरी यो संसद्लाई किंकर्तव्यविमूढ जस्तो अवस्थामा बनाएका छौँ यो देशप्रतिको घात हो । हामी सबै मिलेर गरिरहेका छौँ अहिले । अनिर्णयको अवस्थामा राख्ने अधिकार हामी कोहीसँग पनि छैन । अब ढिलाेमा एक हप्ताभित्रमा यो सबै कुरा हामीले टुङ्ग्याउनुपर्छ ।’
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूले उठाएका मुद्दाहरूको सम्बोधन गराउनु नै अहिले आफूहरूको कार्यभार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेकाे अवस्था भनेको हामीले उठाउँदै आएका सवालहरू छन्, मुद्दाहरु छन्, त्यसलाई सम्बोधन कसरी गराउने भन्ने हाे । याे अहिलेको कार्यभार, विगतको आन्दोलनको कार्यभार हाम्रो टाउकोमा छ । आन्दोलनकारीहरूलाई मुद्दा मामिला लागिरहेको छ, जेलमा हालिराछ, त्यसलाई छुटाउने । सरकारलाई आग्रह गर्ने । दबाब बनाउने । त्यो जिम्मेवारीलाई बहन गर्न खोजेको हाे । आफ्नो मुद्दालाई सम्बोधन गराउने हो ।’
नयाँ सरकार गठनका लागि नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र प्रमुख प्रतिपक्षी दलको रूपमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार नभएको अवस्था भए पनि नयाँ सरकार निर्माणमा आफूहरूलाई बाधकको रूपमा हेरिएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।