समर्थन फिर्ता लिने सम्बन्धमा माओवादी केन्द्रले छिट्टै निर्णय लिने

 चैत १९, २०७७ बिहीबार १२:४८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छिट्टै निर्णय लिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले एक/दुई दिनभित्र अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने भनेर निष्कर्ष निकाल्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

‘आज अनौपचारिक बैठक बस्यो । एक/दुई दिनभत्र औपचारिक बैठक बस्दैछ । बैठकको तयारीस्वरूप आजको बैठक बसेको हो । पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण, विभिन्न राजनीतिक दलसँग भएको वार्ता संवादका विषयमा छलफल भयो’, उहाँले भन्नुभयो, ‘अहिले पनि परिस्थिति अझै स्पष्ट भइसकेको छैन । विभिन्न राजनीतिक पार्टीसँगको वार्ताका क्रममा अहिलेको राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्क्योल गर्न केही समय माग गरेका छन् । पार्टीसँग छलफल गरेर निष्कर्षमा पुग्छौँ ।’ 

वर्तमान सरकारलाई आफूहरूको समर्थन नरहेको जिकिर गर्दै उहाँले केही प्राविधिक कारणले मात्र सरकारलाई समर्थन गर्नुपरेको बताउनुभयो । ‘अहिलेको सन्दर्भमा हामीले समर्थन फिर्ता भनेर चिठ्ठी लेखेका छैनौँ’, उहाँले भन्नुभयो, ‘पार्टीको एकतापछि संविधानको धारा ७६ (१) को सरकार भएको थियो । ७६ (१० को सरकारलाई सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपालाई दुई वटा पार्टीमा विभाजन गरिदिइसकेपछि हामीसँग समर्थन मागेको पनि छैन, हामीले पनि समर्थन गरेका पनि छैनौँ ।’ 

बैठकमा पार्टीका साङ्गठनिक प्रक्रिया कसरी अगाडि बढाउने, देशव्यापीरूपमा अभियान कसरी लैजाने, राष्टियरूपमा प्रशिक्षण, भेला वा सम्मेलन के गर्ने भन्नेबारेमा पनि प्रारम्भिक छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले अब बस्ने स्थायी कमिटी बैठकले स्थगित पार्टीको केन्द्रीय समितिको बैठक, भेला तथा प्रशिक्षण छिट्टै गर्ने सम्बन्धमा निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया