बढी तलब पाउने लोभमा करारभन्दा फरक काम र कम्पनी नखोज्न दूतावासको आग्रह

 चैत १९, २०७७ बिहीबार १३:४२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तलब बढी पाउने लोभमा करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्न साउदीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

साउदीले कफला प्रणालीलाई सुधार गर्दै रोजगारदाता परिवर्तन गर्न पाउने नियम बनाए पनि बढी तलबको लोभमा विधिवत् रुपमा कफला प्रणाली  हस्तान्तरण नभएसम्म कम्पनी छाडेर भाग्ने वा काम छोड्नु अपराध ठहरिने हुँदा दूतावासले यस्तो अनुरोध गरेको हो । यसरी कम्पनी छाडेर भागेको अवस्थामा अवैध हुन गइ स्वदेश फर्किन तथा बिरामी भए उपचार गर्न समस्या पर्छ ।

यस्तै अवैध रुपमै काम गरिरहेको अवस्थामा कार्य दुर्घटनामा परि ज्यान गएमा पनि परिवारले सामाजिक सुरक्षा जीवन बिमा मार्फत् कुनै पनि रकम पाउँदैनन् । त्यसैले सचेत हुन दूतावासले आग्रह गरेको हो ।

यस्तै साउदी लगायत अरु देशमा पनि करार अवधिभन्दा बढी बस्न पाइँदैन । त्यसैले आफ्नो करार अवधि सकिनुभन्दा अगाडि नै एक्जिट भिसा लगाउने वा करार सम्झौता नवीकरण गर्न बारे यकिन गर्न पनि दूतावासले आग्रह गरको छ । 

आफ्नो अकामा अरुलाई नदिन पनि दूतावासको सल्लाह छ । आफ्नो अकामा अरुले गलत प्रयोग गरेमा त्यसको दोष जसको अकामा हो उसैलाई आउँछ । यस्तै मुद्दामामिला भइ नेपाल फर्केको र फेरि साउदी जान लागेको अवस्थामा पुरानो अकामामा कुनै मुद्दामामिला भए नभएको यकिन गरेर मात्र जानुपर्छ । यदि पुरानो अकामामा त्यस्तो मुद्दा भएमा विमानस्थलबाटै पक्राउ पर्ने दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया