नेपालमा आजकल विद्वानमाथि कारबाही हुन्छ, मूर्ख र भ्रष्ट पुरस्कृत हुन्छन् : याेगेश भट्टराई

 चैत १९, २०७७ बिहीबार १७:२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका नेता याेगेश भट्टराईले अहिले नेपालमा विद्वानमाथि कारबाही हुने गरेकाे बताउनुभएकाे छ । बिहीवार एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा परेपछि भट्टराईले यस्ताे प्रतिक्रिया दिनुभएकाे हाे । 

भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ॠषिमुनि र बुद्धकाे ज्ञान भूमी अनि मार्क्सवादको उर्बर भूमि नेपालमा आजकाल : विद्वान, इमानदार र नैतिकवनहरूमाथि कारबाही हुन्छ । मूर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुन्छन् । 

नेता भट्टराईले नेता भुसाल र पाण्डेमाथि त्यस्तै भद्दा मजाक गरिएको बताउनुभएकाे छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको हाे ।

पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र नेतृत्वको विरुद्धमा गतिविधि गरेकाले ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय भएको पत्र पाण्डे र भुसाललाई पठाइएको छ । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया