इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – यही चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी सङ्घ काठमाण्डाै र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ को आयोजना हुने भएको हो ।
काठमाण्डाैमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी यस कार्यक्रमको बारेमा जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकार, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसङ्घ, सहकारी अभियान, लायन्स क्लबका व्यक्ति, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतको सहभागिता हुने बताइएको छ ।
प्रतियाेगितामा १० टोली रहने जिल्ला सहकारी सङ्घ काठमाण्डाैका अध्यक्ष ज्ञानबहादुर तामाङले बताउनुभयो । साथै कोभिड–१९ बाट बच्नका लागि सामाजिक दुरी पनि कायम गरिने उहाँले जानकारी दिनुभयाे ।
खेल सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।