म्यानमार : सेनाकाे गाेली लागेर ४३ जनाभन्दा धेरै बालबालिकाकाे ज्यान गयाे

 चैत २०, २०७७ शुक्रबार ७:७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि भएको हिंसात्मक प्रदर्शनका क्रममा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाएका छन् ।

फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर सङ्कटकाल घोषणा गरेसँगै म्यानमारमा हिंसात्मक प्रदर्शन हुँदै आएको छ । त्यस्तै हिंसात्मक विरोधका क्रममा ४३ जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको 'सेभ द चिल्ड्रेन'ले जनाएको छ ।

'सैन्य कू' विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटमा बालबालिका परिरहेको 'सेभ द चिल्ड्रेन'को भनाइलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । यस्तै म्यानमारमा सेनाको गोली लागेर घाइते भएका बालबालिकाको संख्या पनि उल्लेख्य रहेको छ ।

१३ वर्षीय बालकलाई घरभित्रै गएर गोली हानेर हत्या गरेको, ९ महिनाकी बालिकालाई आँखामा गोली लागेको र बालबालिकाहरु त्रासैत्रासमा बाच्नुपरेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको 'सेभ द चिल्ड्रेन'ले जनाएको छ । पछिल्लो घटनाक्रमले म्यानमार बालबालिकाका लागि सुरक्षित नरहेको यो संस्थाले निष्कर्ष निकालेको छ ।

नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा हरेक दिन प्रदर्शनहरु भइरहेका छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया