उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ । ७२ जना घाइते भएका छन् ।
ताइवानकाे ह्वालियन सहरको सुुरङभित्र रेलले ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको बीबीसीले जनाएको छ । ट्रकमा ठोक्किएको रेल लिगबाट चिप्लिएर सडकमा पुगेको थियो ।
दुर्घटनाबाट रेलको आठ ओटा डब्बामध्ये पाँच ओटा डब्बा क्षतिग्रस्त भएको छ । ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् ।
उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् । अहिले एक सय भन्दा धेरै यात्रीलाई उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको छ ।
ताइवानकी राष्ट्रपति साइ इंग–वेनले घाइतेको उपचार तथा उद्धारका लागि आपतकालीन व्यवस्था लागू गरिएको जानकारी गराउनु भएको बीबीसीले जनाएको छ ।
ताइवानको यातायात मन्त्रालयले दुर्घटनालाई पछिल्लो चार दशकयताकै भयानक दुर्घटना भनेको छ । यसअघि ताइवानमा सन् २०१८ मा रेल दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने १ सय ७५ जना घाइते भएका थिए । यस्तै सन् १९८१ मा यस्तै गरी रेल दुर्घटना हुँदा ३० जनाको ज्यान गएको त्यहाँकाे यातायात मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।