केपी ओली पार्टी विभाजन गर्न उद्यत रहेकाे नेपाल–खनाल समूहकाे निष्कर्ष

 चैत २०, २०७७ शुक्रबार २०:३०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजन गर्न उद्यत रहेको निष्कर्ष निकालेको छ ।

नेपाल–खनाल समूहको स्थायी कमिटी सदस्यहरूको शुक्रवार कलङ्कीमा बसेको बैठकले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको निचोडसहित सङ्गठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान सुरु गर्ने निर्णयसमेत गरेको छ ।

साथै बैठकले नेताहरू माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई गरेको कारबाहीलाई स्वेच्छाचारी र पूर्वाग्रही भएको ठहर गर्दै निन्दासमेत गरेको छ ।

एमाले अध्यक्ष ओलीले बिहीवार पार्टीविरुद्ध आपराधिक गतिविधि गरेकाे भन्दै नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बनको निर्णय गर्नुभएको थियो । यसअघि वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पनि निलम्बन गर्नुभएको थियो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया