नेपाल–खनाल पक्षद्वारा दुई महिने अभियानको घोषणा, ओलीले छिन्नभिन्न बनाएको पार्टी एक बनाउने दाबी

 चैत २१, २०७७ शनिबार १७:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले देशव्यापी दुई महिने अभियानको घोषणा गरेको छ ।

काठमाण्डौको एक पार्टी प्यालेसमा बसेको नेपाल–खनाल समूहको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सर्वोच्चको फैसला अनुसार २०७५ सालको जेठ २ गतेअघिकै अवस्थामा फर्काउन नचाहेकोले अभियान घोषणा गर्नुपरेको जनाएको छ ।

बैठकले नवौँ महाधिवेशन र त्यसपछिका बैठकले तय गरेका विभिन्न कमिटी र संगठन ब्युँताउने निर्णय गरेको छ ।  यस्तै चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलामा आएका सुझावलाई अवधारणा पत्रका रुपमा तयार पारिएको र यसलाई प्रकाशन गरेर प्रशिक्षण सामग्रीका रुपमा प्रयोग गरिने नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

केपी शर्मा ओलीले एमालेलाई फुटतर्फ लगेकाले त्यसलाई जोगाउन दुई महिने अभियान सुरु गरिएको पनि उहाँले बताउनुभयो । छिन्नभिन्न भएको पार्टीलाई दुई महिनाको अवधिमा एक बनाउने, संगठन निर्माण र परिचालनमा जोड दिने लगायतका क्रियाकलाप हुने पनि नेता भट्टराईले बताउनुभयो । 
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया