फ्लोरिडामा विषाक्त पानी चुहावट भएपछि आपतकाल घाेषणा

 चैत २३, २०७७ सोमबार ६:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहावट भएको छ ।

विषाक्त पानी रहेको बाँधबाट पानी चुहावट भएपछि कम्तीमा तीन सय घरपरिवार प्रभावित भएका छन। स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेको छ ।

फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागू भएको सीएनएनले जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान भनिएको छ ।

विषाक्त पानी रहेको पोखरी पिनी पोइन्ट बाँध क्षेत्रलाई सुरक्षित गर्ने प्रयास भइरहेको छ । ३१ हेक्टर क्षेत्रमा फैलिएको ठूलो बाँधबाट चुहिएको पानीमा फस्फोरस र नाइट्रोजन मिसिएको खबरमा उल्लेख छ ।


 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया