भोलि हुने उपचुनावको तयारी अन्तिम चरणमा
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्राली र समृद्धि फाइनान्सबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आईएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएकाे हाे ।
यस सम्झौताअनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थालाई परिपत्र तथा सहुलियतपूर्ण कर्जा लगानी गर्नेसम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झाैतापछि फाइनान्सको नीतिअनुसार ग्राहकलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्री, वितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि कम्तीमा खरिद मूल्यको ७० प्रतिशतसम्मको सहुलियत पूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । अब आईएमई मोटर्सको कमर्सियल गाडी खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
प्रधान कार्यालय हेटौँडा रहेको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हेटौँडासहित नारायणघाट, काठमाण्डाैकाे पुतलीसडक, बुटवल र पोखरमा शाखा कार्यलय रहेका छन् ।
दोस्त मोडलका गाडी विभिन्न प्रयोजन जस्तै:- दूध, पानी, तरकारी, रेफ्रिजरेशन, फोहरमैला सङ्कलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।