नाइजेरियाको जेलबाट १८ सयभन्दा बढी कैदी भागे

 चैत २४, २०७७ मंगलबार ९:३४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १८ सयभन्दा धेरै कैदीहरू भागेका छन् ।

जेलबाट १ हजार ८ सय ४४ कैदी भागेका त्यहाँका अधिकारीहरुले बताएका छन् । आक्रमणकारीले दक्षिण–पूर्वी सहर ओबेरीमा रहेको जेलको प्रशासनिक भवनमा आक्रमण गरेर जेलभित्र प्रवेश गरेका थिए ।

अहिलेसम्म भागेकाहरुमध्ये ६ जना फर्किएका र अरु ३५ जनाले भाग्न अस्वीकार गरेका बीबीसीले जनाएको छ । प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह 'द इन्डिजिनिएस पिपुल अफ बियाफ्रा'ले आक्रमण गरेको आरोप लगाएको छ ।

पिकअप ट्रक र बस चढेर हतियारसहित आएका आक्रमणकारीहरू ओबेरी कस्टोडियल सेन्टर प्रवेश गरेका र उनीहरुले रकेटबाट फ्याँक्न सकिने ग्रिनेड, स्वचालित बन्दुक, विस्फोटक पदार्थ र राइफल बोकेका प्रहरी अधिकारीहरुले बताएका छन् । तर, 'द इन्डिजिनिएस पिपल अफ बियाफ्रा'ले भने घटनामा आफूहरु संलग्नता नरहेको प्रतिक्रिया दिएको छ ।

यस्तै नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्राउ गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिनुभएको छ । जनवरीदेखि दक्षिण–पूर्वी नाइजेरियाका धेरैजसो प्रहरी कार्यालय र गाडीहरुमा आक्रमण गरिएको छ भने ठूलो परिमाणमा गोलीगठ्ठा चोरी भएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया