नेप्से झण्डै १६ अङ्कले बढ्याे, सात अर्ब ४७ करोड रुपैयाँकाे काराेबार

 चैत २४, २०७७ मंगलबार १६:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से झण्डै १६ अङ्कले बढेको छ । बैंकिङ, व्यापार, फाइनान्स, अन्य र बीमा समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से १५ दशमलव ७२ अङ्कले बढेर २६ सय ७४ दशमलव ४६ विन्दुमा पुगेको छ ।

मङ्गलवार होटल तथा पर्यटन समूहको शेयर दुई सय पाँच अङ्कले, विकास बैंकको ३०, जलविद्युतको एक सय १४, उत्पादनको एक सय ८३ र माइक्रो फाइनान्स समूहको शेयर ६४ अङ्कले बढेको छ ।

मङ्गलवार दुई सय १३ कम्पनीका एक करोड ६१ लाख कित्ता शेयर सात अर्ब ४७ करोड ७७ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ३९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भयो ।

मङ्गलवार चिलिमे, युनिभर्सल पावर, युनाइटेड मर्दी र चन्द्रागिरी हिल्सको शेयर १० प्रतिशतका दरले बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर भने १० प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: कात्तिक २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया