हिमपहिराेमा परी बझाङमा ४२ वटा भेडा मरे
फागुन १९, २०८१ सोमबार
काठमाण्डौ – पछिल्लो समय प्रक्रिया नै पूरा नगरी योजनाहरु शुभारम्भ हुने क्रम बढेको भन्दै विज्ञहरु असन्तुष्ट बनेका छन् ।
केही दिन अगाडिमात्र, प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय र डीपीआर अध्ययन नै नगरी देशभरका १ सय ६५ सडक पूर्वाधारको शुभारम्भ गर्नुभएको थियो । अरु पूर्वाधारको पनि यसरी नै शुभारम्भ हुने प्रवृत्ति केही वर्षयता बढ्दै गएको भन्दै पूर्वाधार विज्ञ डाक्टर सूर्यराज आचार्यले असन्तुष्टि जनाउनुभएको छ ।
उज्यालोसँग कुरा गर्दै उहाँले यस्ता प्रवृत्ति मौलाउनु घातक भएको टिप्पणी गर्नुभयो । सस्तो लोकप्रियताका लागि गरिने उद्घाटन र शिलान्यासले आयोजना पूरा नहुने र भएका पनि गुणस्तरीय नहुने जोखिम बढ्ने डा आचार्यको भनाई छ ।
सडक लगायतका पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायहरुबीच समन्वय हुन पनि उत्तिकै आवश्यक रहेको उहाँले बताउनुभयो । हतार गरेर राजनीतिक अभिष्टका लागि योजना तर्जुमा गर्ने प्रवित्ति मौलाउनु दुखद भएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।