निजी अन्तरिक्षयान 'ब्लू गोस्ट' चन्द्रमामा अवतरण
फागुन १९, २०८१ सोमबार
कास्की – गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कानुन मन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् ।
दुवै मन्त्रीले केन्द्रको निर्णयअनुसार राजीनामा बुझाएको प्रतिक्रिया दिएका छन् । राजीनामा दिए पनि प्रदेश सरकारसँग राम्रो सम्बन्ध रहेको र आउँदा दिनमा सहकार्य हुन सक्ने मन्त्री चुमानले बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले दुई जना मन्त्रीले राम्रो काम गरेको र सहकार्यको चाहना हुँदा हुँदै पनि केन्द्रको निर्णयका कारण अलग हुनुपर्दा दुःख लागेको बताउनुभयो ।
माओवादी केन्द्र बाहिरिए पनि गण्डकीमा एमालेको सरकार बहुमतमै रहेको छ । ६० प्रदेश सांसदमध्ये गण्डकीमा एमालेका २८ सांसद रहेका छन् । राष्ट्रिय जनमोर्चाका तीन जना सांसदले पनि एमालेलाई नै साथ दिएकाले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बहुमतमै रहेको छ ।
यसअघि मङ्गलवार (हिजो) कर्णालीमा पनि एमाले मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । कर्णालीमा माओवादीको सरकार अल्पमतमा परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।