आईपीएल : पञ्जाबले बेङ्ग्लोरलाई ३४ रनले हरायो

 वैशाख १८, २०७८ शनिबार ६:५५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ३४ रनले हराएको छ ।

गएराति अहमदाबादमा पञ्जाबले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर एक सय ४५ रन मात्रै बनाउन सक्यो ।

उसका कप्तान विराट कोहलीले ३५ तथा रजत पातिडर र हर्षल पटेलले ३१/३१ रन बनाए । पञ्जाबका हरप्रीत ब्ररले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले केएल राहुलको ९१ रनको मद्दतमा एक सय ७९ रन बनाएको थियो । हारसँगै बेङ्ग्लोरले १२ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

हिजोको जितले पञ्जाब भने ६ अंकसहित पाँचौं स्थानमा पुगेको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया